हिरो एक्सपल्सको “द फर्स्ट २१० एक्सपेरियन्स” सम्पन्न, एक अविस्मरणीय एड्भेन्चर अनुभव
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता सीजी माेटर्सले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्ट र बहुप्रतिक्षित हिरो एक्सपल्स २१० (Hero Xpulse 210) मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम “द फर्स्ट २१० एक्सपेरियन्स” सफलतापूर्वक आयोजना गरेको छ।
साे कार्यक्रममा रोमाञ्चक अफरोड अनुभवका लागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित ‘एक्सट्र्याक्स’ (Xtracks) को विशेष रूपमा डिजाइन गरिएको ट्र्याक (Dirt Track) मा पहिलो पटक हिरो एक्सपल्स २१० को अनुभव लिने अवसर पाएका थिए।
सहभागीहरूले चुनौतीपूर्ण अफरोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता (enhanced performance), उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण (Test Ride) गरेका थिए।
साे अवसरमा बोल्दै सीजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ।
परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीले बताएको छ।
“द फर्स्ट २१० एक्सपेरियन्स” मार्फत सीजी मोटर्स-हिरोले नयाँ क्षेत्रहरू पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने राइडरहरूका लागि एक्सपल्स (Xpulse-210) ब्रान्ड नै पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकल हो भन्ने कुरालाई पुनः पुष्टि गरेको बताएको छ।



























