stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एलआरआर मोटर्सले ल्यायो जिली ईएक्स ५ बिक्री प्रवर्द्धन योजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा जिली इएक्स ५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा EX5cellent Bonanza नामक बिक्री योजना सार्वजनिक गरेको छ ।

जिली इएक्स५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ अंग्रेजी वर्ष सेल्स अफरले नेपाली ग्राहकका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली इएक्स ५ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । योजना अनुसार, जिली इएक्स ५ बुक गर्ने ग्राहकले रु। २ लाखसम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन १ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्नेछन् ।

यी अफरहरूका अतिरिक्त, कम्पनीले योजना अवधिको क्रममा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको बताएको छ ।

‘क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहँदा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “यस सीमित अवधिको अफरमार्फत हामी प्रत्यक्ष नगद लाभ, स्वामित्व लागत सहयोग र अनुभवजन्य पुरस्कार मार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं ।

एलआरआर मोटर्समा हामी सहज इभी स्वामित्व तथा यात्राको सुनिश्चितता र दिगो यातायाततर्फ नेपालको रूपान्तरणलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं ।”

जिली इएक्स५ म्याक्स र प्रो दुवैले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ, जसले नेपालमा दिगो र उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गरेको छ ।

prabhu mahalaxmi
kumari