stcnepal long ad
global ime bank long

पोखरामा केई र फोर्थिङ इभीको सोरुम उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनको अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ केई र फोर्थिङ इभी सोरुम उद्घाटन गरेको छ।

नयाँ सोरुम सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। उद्घाटन समारोहका अवसरमा कम्पनीले विशेष प्रमोसन प्याकेज सार्वजनिक गरेको छ।

यसमा आकर्षक नगद सुविधा, बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निशुल्क अटो प्लस बीमा र रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको स्टे–प्याकेज समेत समावेश गरिएको छ।

लक्ष्मी ई–मोबिलिटीले आफ्नो नयाँ सोरुम मार्फत पोखराका ग्राहकलाई आधुनिक र दिगो इलेक्ट्रिक सवारीसाधनहरूको उच्चस्तरीय खरिद अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।

कम्पनीको यस पहलले वातावरणमैत्री र दिगो यातायात प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता पनि सुदृढ बनाएको बताएको छ।

कम्पनीले देशभर ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ। जसले ग्राहकलाई सहज चार्जिङ सुविधा र विश्वसनीय सेवा उपलब्ध गराउँदै नेपालको इभी पूर्वाधारलाई मजबुत बनाएको छ।

पोखरामा नयाँ शो–रुमको उद्घाटनले बढ्दो इभी मागलाई ध्यानमा राख्दै ग्राहकसँग थप नजिक पुग्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari