citizens life insurance long ad
stcnepal long ad

होन्डाले ल्यायो सीबी १२५ हर्नेट र साइन १०० डीएक्स

Nimb long ad
Prabhu Insurance Long Ad

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल सीबी १२५ हर्नेट र साइन १०० डीएक्स लन्च गरेको छ।

सीबी १२५ हर्नेटको मूल्य १ लाख १२ हजार र साइन १०० डीएक्सको सुरुआती मूल्य ७४ हजार ९५९ भारु राखिएको छ । यी बाइक अगस्ट १, २०२५ देखि बुकिङका लागि उपलब्ध छन्।

सीबी १२५ हर्नेट १२५ सीसी स्पोर्ट्स बाइक सेगमेन्टमा टीभीएस रेडर १२५, बजाज पल्सर एनएस १२५ र हिरो एक्सट्रिम १२५ आरसँग र साइन १०० डीएक्सले बजाज प्लाटिना १०० र हिरो एचएफ डिलक्स प्रोसँग प्रतिस्पर्धा गर्नेछ ।

सीबी १२५ हर्नेटलाई होन्डाको हर्नेट शृङ्खलाबाट प्रेरित आक्रामक र स्पोर्टी डिजाइनमा तयार गरिएको छ। बाइकमा एलसीडी कन्सोल, एलईडी डेटाइम रनिङ लाइट सहितको ट्विन एलईडी हेडल्याम्प, हाई–पोजिसन टर्न इन्डिकेटर जडान गरिएको छ।

यसमा अगाडि इन्भर्टेड टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ, जसले स्पोर्ट्स राइडिङमा स्थिरता र नियन्त्रण दिन्छ।

बाइकमा १७ इन्चको अलोय ह्विलसहित ट्युबलेस टायर, अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेकसहित ड्युअल–च्यानल एबीएस दिइएको छ ।

सीबी १२५ हर्नेटमा १२३.९४ सीसीको ४(स्ट्रोक, सिंगल(सिलिन्डर, एयर(कुल्ड एसआई इन्जिन प्रयोग गरिएको छ। यसले ८.३ किलोवाट पावर र ११.२ एनएमको टर्क उत्पन्न गर्छ। बाइकले ० देखि ६० किलोमिटर प्रति घण्टा गति ५.४ सेकेन्डमै लिन सक्छ। यसमा ५ स्पिड गियरबक्स दिइएको छ।

साइन १०० डीएक्सलाई क्लासिक लुकमा प्रिमियम डिजाइन दिइएको छ। यसमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ५ स्टेप एडजस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ, जसले खराब सडकमा पनि सन्तुलन कायम राख्न मद्दत गर्छ। यसमा १७ इन्च अलोय ह्विल, ट्युबलेस टायर र अगाडि तथा पछाडि १३० एमएम ड्रम ब्रेकसहितको सीबीएस उपलब्ध छ।

साइन १०० डीएक्समा ९८.९८ सीसीको ४(स्ट्रोक, सिंगल(सिलिन्डर इन्जिन छ, जसले ७५०० आरपीएममा ५.२ किलोवाट पावर र ५००० आरपीएममा ८.०४ एनएमको टर्क उत्पन्न गर्छ। सो बाइक ४ स्पिड गियरबक्समा आधारित छ।

IME Life
kumari