stcnepal long ad
global ime bank long

फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण सार्बजनिक गरेको छ । अमेरिकामा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक मानिने ब्रोंकोको ईभी भर्सन चिनियाँ बजारकै लागि भनेर ल्याउन लागिएको हो ।

बीवाईडीको ब्लेड ब्याट्री जडान गरिएको सो एसयूभीको लम्बाई ५०२५ मिमी, चौडाई १९६० मिमी र उचाई १८१५ मिमी तथा ह्वीलवेस २९५० मिमी छ । लुकका हिसाबले, यो ब्रोंको स्पोर्ट जस्तै छ र टेलगेटमा स्पेयर टायर राखिएको छ ।

ब्रोंको ईभीमा फोर्डले १०५.४ किलोवाट आवरको ठूलो ब्याट्री प्याक दिएको छ, जसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

अल ह्वील ड्राइभ सिस्टम दिइएको सो एसयूभीमा दुईवटा मोटर राखिएको छ, जसको संयुक्त पावर ३११ बीएचपी छ । कारलाई १७० किलोमिटर प्रति घन्टाको गतिमा हाँक्न सकिन्छ ।

साथै ब्रोंकोको प्लग–इन हाइब्रिड संस्करणमा दुईवटा विद्युतीय मोटर र १।५–लिटरको पेट्रोल इन्जिन जडान गरिएको छ ।

एकसटेन्डेड रेन्ज ईभीका रुपमा आएको यस संस्करणमा ४३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको ईभी रेन्ज २२० किलोमिटर र समग्र रेन्ज १२०० किलोमिटर दाबी गरिएको छ ।

ब्रोंको ईभीलाई चीनमा जियाङ्लिङ मोटर्स (जेएमसी) ले उत्पादन गर्नेछ । चीनमा यो एसयूभी यसै वर्षको चौथो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ ।

IME Lifesidebar
kumari