stcnepal long ad
ime life insurance
global ime bank long

१७५ सीसी इन्जिनमा आउँदै अप्रिलिया एसआर, अर्को महिना लन्च हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अप्रिलियाको प्रिमियम स्कुटर एसआर अब नयाँ र शक्तिशाली इन्जिनमा आउने भएको छ । हाल १६० सीसी इन्जिनमा उपलब्ध यस स्कुटरमा अप्रिलियाले १७५ सीसी क्षमताको नयाँ इन्जिन दिन लागेको हो । अर्को महिना लन्च हुने तयारीमा रहेको यस नयाँ स्कुटरले हालको एसआर १६० लाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।

एसआर १७५ मा १७५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ७ हजार २०० आरपीएममा १२.७४ बीएचपी पावर र ६ हजार आरपीएममा १४.१४ एनएम टर्क जेनेरेट गर्दछ । नयाँ स्कुटरमा एसआर १६० जस्तै ब्लक प्रयोग हुने भएपछि बोर भने ठूलो हुनेछ ।

अगाडि टेलिस्कोपिक फोर्क र पछाडि सिंगल शक एब्जर्वर जडान हुने यस स्कुटरमा १४ इन्चको अलोय ह्विल तथा अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग हुनेछ ।

स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र सिंगल च्यानल एबीएस र आरएस ४५० बाट लिइएको नयाँ रंगको टीएफटी डिस्प्ले उपलब्ध हुनेछ । साथै, यसको मूल्य एसआर १६० कै हाराहारीमा तय गरिने अनुमान गरिएको छ ।  अप्रिलियाले  एसआर १६०  लाई  भारतमा १ लाख ३२ हजार  भारुमा बिक्री गर्दै आएको छ ।

अप्रिलिया एसआर नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम स्कुटर हो । डेल्टा अटोकर्पले बिक्री गर्दै आएको एसआर १६० को मूल्य नेपाली बजारमा ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।

prabhu mahalaxmi
kumari