stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भरतपुरमा हुन्डाईको ‘क्रेटा ईभी’ सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ विद्युतीय गाडी ‘क्रेटा ईभी’ सार्वजनिक गरेको छ । सोमबार भरतपुरस्थित आधिकारिक डिलर ‘धनकल ट्रेडिङ’ मा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममार्फत क्रेटा ईभी सार्वजनिक गरिएको हो ।

कार्यक्रमको प्रमुख आकर्षण स्वरूप कम्पनीले पाँचवटा क्रेटा ईभी गाडी ग्राहकलाई कार्यक्रम स्थलबाटै हस्तान्तरण गरेको थियो । कार्यक्रममा हुन्डाईका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी तथा सहयोग प्रदान गरेका थिए ।

कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सहज बनाएको छ। धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ।

तर हुन्डाई नेपालले देशमै क्रेटा आईसीई (पेट्रोल) मोडलको उत्पादन कार्य थालिसकेको छ । क्रेटा ईभी र आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले अब कुनै पनि समस्या हुने छैन।

साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई पनि अझै मजबुत बनाउन रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेका छन्।

त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

prabhu mahalaxmi
kumari