stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

Nimb long ad
Prabhu Insurance Long Ad

टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा प्रस्तुत गरेको छ । यस बाइकले एसिया रोड रेसिङ च्याम्पियनसिपमा २१५.९ किलोमिटर प्रतिघण्टाको उच्चतम गति र १ः४९.७४२ सेकेन्डको ल्याप टाइम जस्ता रेकर्ड बनाएको छ।

नयाँ अपाचे आरआर ३१० तीन स्टयान्डर्ड भेरिएन्ट र तीन बिल्ड टु अर्डर विकल्पमा उपलब्ध छ । यसमा बीटीओ किटको पनि सुविधा दिइएको छ, जसअन्तर्गत डाइनामिक किटको मूल्य १८ हजार भारु, डाइनामिक प्रो किटको मूल्य १६ हजार भारु र रेस रेप्लिका कलर अप्सनको मूल्य १० हजार भारु तोकिएको छ।

नयाँ अपडेटसहितको आरआर ३१० पहिलेभन्दा अझ उन्नत सुविधासहित आएको छ । यसमा सेगमेन्ट(फर्स्ट सिक्वेन्सियल सिग्नल ल्याम्प, कर्नरिङ ड्र्याग टर्क कन्ट्रोल, लन्च कन्ट्रोल, दोस्रो पुस्ताको रेस कम्प्युटर र नयाँ ८ स्पोक अलोय ह्विल समावेश छ ।

पावरको कुरा गर्दा, यसमा ३१२.२ सीसी रिभर्स(इन्क्लाइन गरिएको डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३८ पीएस पावर र २९ एनएम टर्क प्रदान गर्छ। साथै, ट्र्याक, स्पोर्ट, अर्बन र रेन गरी चारवटा राइडिङ मोड उपलब्ध छन्, जसले विभिन्न परिस्थितिमा उत्कृष्ट राइडिङ अनुभव सुनिश्चित गर्छ।

पूर्ण रूपमा फेयर्ड रेसिङ लुक र आक्रामक स्ट्यान्सले सजिएको यो बाइक ट्र्याक र स्ट्रिट दुवैका लागि उपयुक्त छ। प्रिमियम स्पोर्ट्स सेगमेन्टमा रहेको यो बाइकको बुकिङ सुरु भइसकेको छ।

prabhu mahalaxmi
kumari