अपडेट फिचरसहित टीभीएस अपाचे आरआर ३१० लन्च

टीभीएस मोटरले सुपर प्रिमियम स्पोर्ट्स मोटरसाइकल अपाचे आरआर ३१० नयाँ अवतारमा प्रस्तुत गरेको छ । यस बाइकले एसिया रोड रेसिङ च्याम्पियनसिपमा २१५.९ किलोमिटर प्रतिघण्टाको उच्चतम गति र १ः४९.७४२ सेकेन्डको ल्याप टाइम जस्ता रेकर्ड बनाएको छ।
नयाँ अपाचे आरआर ३१० तीन स्टयान्डर्ड भेरिएन्ट र तीन बिल्ड टु अर्डर विकल्पमा उपलब्ध छ । यसमा बीटीओ किटको पनि सुविधा दिइएको छ, जसअन्तर्गत डाइनामिक किटको मूल्य १८ हजार भारु, डाइनामिक प्रो किटको मूल्य १६ हजार भारु र रेस रेप्लिका कलर अप्सनको मूल्य १० हजार भारु तोकिएको छ।
नयाँ अपडेटसहितको आरआर ३१० पहिलेभन्दा अझ उन्नत सुविधासहित आएको छ । यसमा सेगमेन्ट(फर्स्ट सिक्वेन्सियल सिग्नल ल्याम्प, कर्नरिङ ड्र्याग टर्क कन्ट्रोल, लन्च कन्ट्रोल, दोस्रो पुस्ताको रेस कम्प्युटर र नयाँ ८ स्पोक अलोय ह्विल समावेश छ ।
पावरको कुरा गर्दा, यसमा ३१२.२ सीसी रिभर्स(इन्क्लाइन गरिएको डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ३८ पीएस पावर र २९ एनएम टर्क प्रदान गर्छ। साथै, ट्र्याक, स्पोर्ट, अर्बन र रेन गरी चारवटा राइडिङ मोड उपलब्ध छन्, जसले विभिन्न परिस्थितिमा उत्कृष्ट राइडिङ अनुभव सुनिश्चित गर्छ।
पूर्ण रूपमा फेयर्ड रेसिङ लुक र आक्रामक स्ट्यान्सले सजिएको यो बाइक ट्र्याक र स्ट्रिट दुवैका लागि उपयुक्त छ। प्रिमियम स्पोर्ट्स सेगमेन्टमा रहेको यो बाइकको बुकिङ सुरु भइसकेको छ।