sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बीवाईडी हाइब्रिड पिकअप भित्रियो नेपाल, बीवाईडी हाई–टेक विक २०२५ मा प्रदर्शन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा बीवाईडीको प्लग इनँ हाइब्रिड पिकअप शार्क ६ भित्रिएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एभरेष्ट होटलमा आयोजना गरिरहेको बीवाईडी हाई–टेक विक २०२५ मा सो पिकअप प्रदर्शन गरेको छ ।
.
बीवाईडी शार्कले समग्रमा सिंगल चार्जमा करिव ८०० किलोमिटर सम्म यात्रा गर्न सक्छ । यसमा १।५ लिटरको पेट्रोल इन्जिनलाई बीवाईडीको ब्लेड ब्याट्री र इलेक्ट्रिक मोटरसँग पेयर गरिएको छ ।

यसले संयुक्त रुपमा ३२१ किलोवाट पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ । ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई ५.७ सेकेन्ड मात्र लाग्छ ।

यसमा बीवाईडीको डीएमओ प्लेटफर्म प्रयोग गरिएको छ, जहाँ ओ भनेको अफरोड र डीएम भनेको ड्युअल मोड बुझिन्छ ।

यसमा २९.५८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १०.२५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र रोटेटिङ १५.६ इन्चको एडेप्टिभ टचस्क्रिन छ । यसैगरी एनएफसी डिजिटल कि र हेड्स अफ डिस्प्ले जस्ता फिचर रहेका छन् ।

यो ५ हजार ४५७ एमएम लामो, १ हजार ९७१ एमएम चौडा र १९२५ एमएम अग्लो छ । अफरोड क्षमता प्रदान गर्न यसमा डबल विसबोन फ्रन्ट र रियर सस्पेन्सन छ भने मड, स्यान्ड र स्नो मोडमा चलाउन सकिन्छ ।

यसमा हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, भेइकल डाइनामिक कन्ट्रोल र अटो होल्ड लगायतका विभिन्न विशेषता छन् ।

साइमेक्स इंकले ग्राहकको चाहना बमोजिम सो पिकअप बिक्रीका लागि समेत उपलब्ध गराउने बताएको छ । यद्यपि हाल सो गाडी अवलोकनका लागि मात्र उपलब्ध छ । ग्राहकको चाहना बमोजिम बिक्री गरिने र मूल्य समेत पछि तोकिने कम्पनीको भनाइ छ ।

gold
kumari bank
nawakantipur long