थप फिचर र नयाँ ग्राफिक्सका साथ नेपालमा होन्डा एक्सआर १९० एल, मूल्य पनि बढ्यो

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अफरोड एड्भेन्चर बाइक नयाँ होन्डा एक्सआर १९० एल बिक्रीका लागि उपलब्ध गराएको छ ।
नयाँ एक्सआर १९० एलमा पहिले भन्दा फरक ग्राफिक्स रहेको छ भने फुल डिजिटल डिस्प्ले, रिडिजाइन गरिएको हेडल्याम्प र चार्जिङ पोर्ट लगायतका विभिन्न नयाँ फिचर रहेका छन् ।
यी वाहेक इन्जिन र अन्य विभिन्न फिचर भने यथावत रहेका छन् । यसको मूल्यमा भने वृद्धि गरिएको छ ।
यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५।७ एनएम टर्क जेनेरेट गर्छ ।
२४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ । सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ ।
यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पु(याउछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।
पहिले यसको मूल्य ७ लाख ६९ हजार ९ सय रहेकोमा अब यसको मूल्य ७ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।