सिंगल च्यानल एबीएसमा आयो पल्सर एनएस १२५, मूल्य कति ?

बजाजले पल्सर एनएस १२५ को नयाँ भेरिएन्ट सार्बजनिक गरेको छ । सिंगल च्यानल एबीएसले सुसज्जित सो नयाँ भेरिएन्टको मूल्य १ लाख ६ हजार ७३९ भारु निर्धारण गरिएको छ ।
प्रतिस्पर्धी ब्रान्ड हिरोले एक्सट्रिम १२५ आरमा एबीएस दिएपछि बजाजले पनि आफ्नो एनएस १२५ मा सोही फिचर थप गरेर नयाँ भेरिएन्ट लन्च गरेको हो । जसअनुसार, यस नयाँ भेरिएन्टको सिधा प्रतिस्पर्धा हिरो एक्सट्रिम १२५ आरसंगै हुने देखिन्छ ।
बाइकमा एबीएस बाहेक अन्य परिवर्तन भने गरिएको छैन । रेगुलर भेरिएन्टमा जस्तै यसमा पनि उही पुरानै एलईडी हेडल्याम्प र स्मार्टफोन कनेक्टिभिटीका साथ डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल राखिएको छ । बाइकमा नेभिगेसन र कलरएसएमएस अलर्ट जस्ता सुविधाहरू पाउन सकिन्छ ।
१२५ सिसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको सो नयाँ भेरिएन्टले ११।८ बिएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्दछ । साथै, इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।
बाइकको अगाडी परम्परागत टेलिस्कोपिक फोर्क र पछाडी मोनो–सक लगाइएको छ । एनएस १२५ को यस नयाँ भेरिएन्टमा पनि अगाडी डिस्क र पछाडी ड्रम ब्रेक राखिएको छ ।