citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

२ लाख ६० हजार भारुमा लन्च भयो नयाँ केटिएम २५० एड्भेन्चर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

केटिएमले भारतमा २५० एडभेन्चरको २०२५ संस्करण लन्च गरेको छ । कम्पनीले यसको मूल्य २ लाख ५९ हजार ८५० भारु निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

३९० एड्भेन्चरसंग मिल्दोजुल्दो देखिने यस मोटरसाइकलमा धेरै फिचरहरु अपडेट गरिएको छ । यसमा यू आकारको एलईडी डिआरएल, अग्लो विन्डशिल्ड, उठेको फ्रन्ट फेन्डर र नकल गार्डसहितको नयाँ एलईडी हेडल्याम्प राखिएको छ ।

सो नयाँ मोटरसाइकलमा ३९० एडभेन्चरमा जस्तै अगाडि डब्लूपी एपेक्स यूएसडी फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जाडन गरिएको छ । २२७ एमएम अग्लो ग्राउन्ड क्लिरियन्स दिइएको यस बाइकको अगाडि १९ इन्चको रिम र रियरमा १७ इन्चको रिम भएको एलोय ह्वीलहरू उपलब्ध छ ।

बाइकमा २४९ सीसी, सिंगल–सिलिन्डर, लिक्वड–कुल्ड इन्जिन जाडन गरिएको छ । जसले, ३०।५७ बीएचपी र २५ एनएम टर्क जेनेरेट गर्दछ ।

इन्जिनलाई स्लिप एण्ड असिस्ट क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ । साथै यसमा बाई–डाइरेक्सनल क्विक सिफ्टर र राइड–बाय–वायर थ्रोटल जस्ता आधुनिक फिचर समेत पाउन सकिन्छ ।

ब्रेकिङलाई ३२० एमएम फ्रन्ट डिस्क र २ सय ४० एमएम रियर डिस्कले डुअल च्यानल एबीएसद्वारा सपोर्ट गरिएको छ। अन्य सुविधाहरूमा ब्लुटुथ जडान भएको ५ इन्चको त्ँत् इन्स्ट्रुमेन्ट कन्सोल र अफ–रोड समावेश छ।

gold
kumari bank