stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भारतमा कियामाथि १५ करोड ५० लाख डलर कर छलेको आरोप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारत सरकारले किया मोटर्समाथि १५० मिलियन डलरको आयात कर छल्न कम्पोनेन्ट आयातलाई गलत वर्गीकरण गरेको आरोप लगाएको छ ।

मिडिया रिपोर्टका अनुसार कार निर्माताले कार्निवल एमपिभीको एसेम्बलीका लागि आयात गरिएका केही कम्पोनेन्टहरू गलत घोषणा गरेर कर छली गरेको आरोप लगाएको हो ।

भारतीय कर अधिकारीहरूले गत वर्ष अप्रिलमा किया मोटर्स इन्डियालाई १३।५ अर्ब रुपैयाँको गोप्य कर सूचना पठाएका थिए ।

कियामाथि कार्निभलका लागि ९० प्रतिशतभन्दा बढी पार्टपुर्जा आयात गरेको आरोप लगाइएको छ । सिकेडी आयातमा उच्च कर लाग्ने हुँदा त्यसलाई छल्न कम्पनीले गडबड गरेको हो ।

यस विषयमा प्रतिक्रिया दिँदै किया इन्डियाले प्रमाण र कागजातसहितको विस्तृत जवाफ पेश भइसकेको र अधिकारीहरूले यस विषयमा अझै समीक्षा गरिरहेको बताए ।

यदि दोषी पाइयो भने, कियाले ठूलो जरिवानाको सामना गर्न सक्छ र ३१० मिलियन डलर सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

यसअघि, स्कोडा अटो तथा फक्सवागन इन्डियालाई पनि सोही कारणले १।४ बिलियन डलरको कर छलीको सूचना दिइएको थियो । कम्पनीले करको माग खारेज गर्न भारतीय अधिकारीहरूलाई मुद्दा हालेको छ ।

prabhu mahalaxmi
kumari