citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

गत जनवरीमा कम्पनीले बालकुमारीस्थित वर्कशप साथी, पेप्सीकोलास्थित दि बाइकस्मिथ, गुड्डु रिपेयर सेन्टर–टेकु र टिकटक वर्कशप–जरङ्खुमा सर्भिस क्याम्प सम्पन्न गरेको हो ।

यी चारवटै सर्भिस सेन्टरमा राइडरको उपस्थिती निकै राम्रो रहेको कम्पनीले जनाएको छ । राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमा सहभागी राइडरलाई बाइकको सर्भिसिङ तथा हेल्थ चेक–अप निशुल्क प्रदान गरिएको कम्पनी भनाई छ । साथै, टोटल लुब्रिकेन्ट्सको प्रयोग पश्चात बाइकको पर्फमेन्स बढेको अनुभुती गराउनुको साथै बिज्ञमार्फन मेन्टिनेन्स टिप्स र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

क्याम्पमा सहभागी राइडरले टोटल लुब्रिकेन्ट्स प्रायोग पश्चात आफ्नो बाइकको पर्फमेन्स बढेको र इन्जिनबाट निस्कने अनावश्यक आवज समेत हटेको प्रतिक्रिया दिए ।

साथै उनीहरुले यस लुब्रिकेन्ट्सको प्रयोगले माइलेज समेत बढेको अनुभव गरे भने इन्जिनको आयू बढाउन समेत यसले भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।

नेपालको भुगोल र सडकको अवस्थाले गर्दा पनि यहाँ गुड्ने सवारीसाधनमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गर्नु अनिबार्य जस्तै हुने देखिन्छ । यसका लागी टोटल लुब्रिकेन्ट्स एउटा बलियो विकल्प हुने कम्पनी दाबी छ ।

टोटल इनर्जीजद्धारा उत्पादित इन्जिन आयलले चिसो र उच्च तापमानमा समेत इन्जिनलाई सजिलै स्टार्ट गराउन मद्धत गर्नुको साथै सिटी र अफ–रोड दुबै राइडिङमा उच्च पर्फमेन्स प्रदान गर्दछ ।

सो कार्यक्रम निकै सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने कम्पनीका सेल्स हेड सुबोध थापाले बताए ।

gold
kumari bank