नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ–आर२ र एमटी–०३ लन्च गर्न लागेको छ । साथै कम्पनीले अपडेटेड नयाँ यामाहा आर ३ पनि ल्याउन लागेको छ ।
कम्पनीले २०२५ को यामाहा आर ३ लाई भारतमा पेटेन्ट गराएको छ, जसलाई नयाँ डिजाइन दिइएको छ । रिपोर्टका अनुसार यसलाई सीबीयू मार्फत २०२५ मा भारतमा लन्च गर्न सकिनेछ।
आर ३ को डिजाइन फ्ल्यागशिप वाईजेडआर–एम१ रेसिङ बाइकको आर श्रृङ्खलामा आधारित हुनेछ। यसको नयाँ फेशियामा क्वाड एलईडी डीआरएल सिग्नेचर हुनेछ । यसको बिचमा सिंगल प्रोजेक्टर हेडलाइट पनि हुनेछ, जसको दुबै छेउमा डीआरएल हुनेछ । साथै यसमा नयाँ एलईडी टेल लाइट पनि हुनेछ ।
नयाँ यामाहा आर ३ मा इन्स्ट्रयुमेन्ट क्लस्टर पूर्ण रूपमा डिजिटल हुनेछ । यसमा १७ इन्चको अलोय ह्विल, १४० सेक्शन रियर टायर, कमिट रिगिङ पोजिसन, युएसबी चार्जिङ पोर्ट, स्पोर्टी क्लिप अन ह्यान्डलबार र हाई रिभिङ समानान्तर ट्विन इन्जिन उपलब्ध गराइनेछ ।
नयाँ यामाहा आर ३ मा ३२१ सीसी डीओएचसी ४भी सिलिन्डर प्यारालल ट्विन लिक्विड कुल्ड इन्जिन हुनेछ, जसले ४१ बीएचपीको पावर र ३० एनएमको टर्क जेनेरेट गर्नेछ। यसको इन्जिनलाई ६ स्पिड गियरबक्सको साथमा स्लिप र असिस्ट क्लचमा जोडिनेछ ।
२०२५ यामाहा आर ३ ले आफ्नो सेगमेन्टमा केटीएम आरसी ३९०, कावासाकी निन्जा ५०० र अप्रिला आरएस ४५७ सँग प्रतिस्पर्धा गर्नेछ ।