stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एमजीको सर्भिस सेन्टरको काठमाडौं उपत्यकामा थप दुई स्थानमा सर्भिस नेटवर्क विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले काठमाडौं उपत्यकाका थप दुई स्थानमा सर्भिस नेटवर्क विस्तार गरेको छ ।

कम्पनीले काठमाडौंको सुकेधारा र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर विस्तार गरेको हो । यी दुबै सर्भिस सेन्टर मंगलबारदेखी संचालनमा आएका हुन् । कम्पनीको यसअघि ललितपुर कसुन्तिमा मात्रै सर्भिस सेन्टर थियो ।

थपिएका दुबै नेटवर्क कम्पनीको आधिकारिक सर्भिस सेन्टर रहेको र यी स्थानबाट एमजीका ग्राहकले छिटो छरितो र प्रभावकारी सेवा पाउने बताइएको छ ।

दुबै सर्भिस सेन्टरमा डाइग्नोस्टिक टुल्स लगायत अत्याधुनिक उपकरण जडान गरिएको कम्पनी भनाई छ । नयाँ सर्भिस सेन्टरको बिस्तारसंगै एमजी गाडी चढ्ने ग्राहकले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतामा थप सहजता पाउने विश्वास लिइएको छ ।

prabhu mahalaxmi
kumari