stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधारण सभा बैंककमा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारण सभा थाइल्याण्डको बैंककमा हुने भएको छ । साधारणसभा सम्पन्न गर्न कम्पनीका संचालक र केही डिलरहरु थाइल्याण्ड प्रस्थान गरिसकेको र २६ गतेसम्म बैंककमा रहने कम्पनीका कार्यकारी निर्देशक मोहन बराइलले जानकारी गराए ।

स्मार्ट लुब्रिकेन्ट्सले अहिले नेपालमै उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको र यस वर्ष झन्डै ३० प्रतिशत हाराहारीमा बिक्री बढेको उनले बताए ।

कम्पनीले हाल ग्रिज गियर आयल, इन्जिन आयल, हाइड्रोलिक आयल, कुलान्ट जस्ता उत्पादनहरु बजारमा बिक्री गर्दै आएको छ । बिगत १८ बर्षदेखी लुब्रिकेन्टस् व्यावसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् ।

‘संचालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको छ’ उनले भने, ‘आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ ।

यी  उत्पादनको  बिक्री  वितरण  सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैसकेको छ ।’ झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ बराइलीले दाबी गरे ।

prabhu mahalaxmi
kumari