citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज

kumari bank
Prabhu Insurance Long Ad
global bank

ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो ईभी निर्माता बनेको छ । वाहन डाटा अनुसार, ओलाले डिसेम्बर १५, २०२४ सम्म ४ लाख ९९ हजार युनिट स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी हो ।

२०२१ को डिसेम्वरदेखी स्कुटर बिक्री गर्न थालेको ओलाले हालसम्म ७ लाख ७० हजार बढी स्कुटर बढि स्कुटर बिक्री गरिसकेको छ । यो भारतमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड समेत हो ।

भारतमा ओला एक्लैले ईभी टु–ह्विलरमा ३६ प्रतिशत बजार हिस्सा ओगटेको छ भने १९ प्रतिशत हिस्सा सहित टीभीएस दोस्रो र १७ प्रतिशत हिस्सा सहति बजाज तेस्रो स्थानमा छ । यसैगरी एथरको बजार हिस्सा ११ प्रतिशत छ ।

यस क्यालेन्डर वर्षमा टीभीएसले २ लाख १० हजार आइक्यूव बिक्री गर्दा बजाजले १ लाख ८४ हजार ५७७ युनिट चेतक र एथरले १ लाख २० हजार ७२१ युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको जनाइएको छ ।

gold
himalayan life insurance long ad