stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हुन्डाईको वहुप्रतिक्षित बिद्युतिय एसयुभी क्रेटा ईभी जनवरी १७ मा लन्च हुँदै, लगत्तै नेपाल आउने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हुन्डाईको वहुप्रतिक्षित बिद्युतिय एसयुभी क्रेटा आगामी जनवरी १७ तारिखमा लन्च हुने भएको छ । भारत मोबिलिटी एक्सपोको पहिलो दिनमै क्रेटा ईभी लन्च हुने हुन्डाई इन्डियाले जनाएको हो ।

क्रेटा ईभी नेपाली बजारमा समेत प्रतिक्षा गरिँदै आएको एसयुभी हो । भारतमा लन्च भएलगत्तै यो नेपाली बजारमा समेत आउनेछ ।

नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीलाई नेपाल ल्याउने प्रक्रिया समेत  थालिसकेको छ ।  सम्भवतः यो कार माघ महिनाको अन्तिमसम्ममा नेपाल आईसक्नेछ ।

सो नयाँ ईभीमा हुन्डाईले कोना ईभी र अल्काजार एसयुभीको इन्टेरियरलाई सेयर गर्ने जनाएको छ । लुक्स र डिजाइन भने रेगुलर क्रेटाको जस्तै हुनेछ । साथै, यसमा नयाँ थ्री–स्पोक स्टेरिङ ह्विल उपलब्ध हुनेछ ।

क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान हुने जनाइएको छ । सो नयाँ ईभीले एमजी जेडएस ईभी, टाटा कर्भ ईभी, महिन्द्रा बीई–६ र मारुती सुजुकीको नयाँ आउँदै गरेको ईभीसंग प्रतिस्पर्धा गर्नेछ ।

बार्षिक २४ हजार युनिट हाराहारी क्रेटा ईभी उत्पादन गर्ने र एकदमै प्रतिस्पर्धी मुल्यमा बिक्री गर्ने कम्पनीले योजना बनाएको छ ।

क्रेटा ईभी नेपाल आएपछि यसले मुलतः चिनियाँ ब्रान्डका ईभीहरु बीवाईडी एट्टो–३, एमजी जेडएस ईभी र सेरेस–३ लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari