stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण लन्च गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बजाज अटोले डिसेम्बर २० मा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको अपडेटेड मोडल लन्च गर्ने भएको छ । चेतक इलेक्ट्रिक स्कुटरमा नयाँ बडी फ्रेम प्रयोग गरिने छ, जसमा स्कुटरको फ्लोरबोर्ड मुनि ब्याट्री प्याक फिक्स गरिनेछ।

नयाँ संस्करणमा स्कुटरको अन्डर सिट स्टोरेज २२ लिटरसम्म बढाउन सकिन्छ । साथै यसको डिजाइनमा पनि केही परिवर्तन देख्न सकिन्छ ।

यसमा नयाँ ब्याट्री प्याकका साथै थप रेन्ज पनि पाउने अपेक्षा गरिएको छ। यसमा बडी कलरको रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्र्याब रेल, मिल्दो पिलियन फुटरेस्ट र चारकोल ब्ल्याक फिनिशदेखि हेडल्याम्प केसिङ हुनेछ ।

सो इलेक्ट्रिक स्कुटरमा डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र आईपी६७ रेटेड वाटरप्रुफ ब्याट्री उपलब्ध हुनेछ। ब्रेकिङका लागि हाल यसमा दुवैतिर ड्रम ब्रेक छ तर नयाँ मोडलमा डिस्क ब्रेक सेटअप पनि हुनेछ ।

स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल अलर्ट र कलरफुल टीएफटी डिस्प्ले, फलो मी होम लाइट र ब्लुटुथ एप दिइनेछ ।

साथै स्कुटरले हिल(होल्ड कन्ट्रोल र एक्स्ट्रा स्पोर्ट राइड मोड पनि हुनेछ । भारतमा चेतकले एथर रिज्टा जेड, ओला एस१ प्रो र टीभीएस आईक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार नयाँ बजाज चेतकको मूल्य पनि हालको मोडलको मूल्य बराबर हुनेछ । हाल बजाज चेतक ३ भेरिएन्टमा उपलब्ध छ जसको मूल्य ९६ हजार भारुदेखि १ लाख २९ हजार भारुसम्म रहेको छ । नयाँ मोडलको मूल्य १ लाख भारुमा लन्च हुने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari