महिन्द्राले स्कोर्पियो पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा ल्याउँदै

काठमाडौं । महिन्द्राले आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । रिपोर्टका अनुसार महिन्द्राले आगामी केही महिनामा भारतीय बजारमा स्कोर्पियो पिकअप ट्रक लन्च गर्न सक्ने अनुमान गरिएको छ ।
यद्यपि कम्पनीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन तर पनि आगामी वर्षको अन्त्यसम्म वा सन् २०२६ सम्ममा यसलाई बजारमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।
महिन्द्राले सो पिकअप ट्रकलाई आईसीईसँगै इलेक्ट्रिक भर्सनमा ल्याउन सक्ने अनुमान गरिएको छ । यसमा ए(पिलरमा अपडेटेड बम्पर, लाइट, स्नोर्कल दिन सकिन्छ । साथै, यसमा स्कोर्पियो एन जस्तो इन्टेरियर हुनेछ ।
यसको डिजाइनको पेटेन्ट महिन्द्राले नोभेम्बर २०२३ मा नै दर्ता गराएको थियो । त्यसपछि कम्पनीले भारतमा स्कोर्पियो एक्स नामको ट्रेडमार्क पाएको थियो । तर कम्पनीले सोही नाम प्रयोग गर्ने कि नगर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
कम्पनीले यसमा २.२ लिटर क्षमताको एमहक इन्जिन पनि उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ । जसका कारण यसले १७५ पीएसको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्न सक्छ ।
यसका साथै यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन र ४ डब्लुडी क्षमता पनि दिन सकिन्छ । जबकि यसको इलेक्ट्रिक भर्सनलाई एक पटक चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन सकिन्छ।
महिन्द्राले स्कोर्पियो एक्स लन्च गर्यो भने सो पिकअप ट्रकले इसुजु डी म्याक्स र टोयोटा हाइलक्स जस्ता पिकअप ट्रकसँग प्रतिस्पर्धा गर्नेछ ।