stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सातवटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा तीनवटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागबाट कारबाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंकलाई कारबाही गरिएको छ । यसैगरी, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई पनि कारबाही गरिएको छ ।

राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्नेमध्ये तीनवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीका सञ्चालक र सीईओलाई सचेत गराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २ सय २७ रुपैयाँ जरिमाना तिराएकोे छ ।

राष्ट्र बैंकले पहिलो त्रैमासमा सिन्धु विकास बैंक र सालपा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै यी दुई बैंकका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशनविपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४ दशमलव ६० प्रतिशतभन्दा बढी कायम गरेको भन्दै कारबाही गर्दै दुवैका सञ्चालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकमा रिलायन्स फाइनान्सलाई भने नगद जरिमाना तिराएको जनाइएको छ । नगद मौज्दात कायम नगरेको भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २ सय २७ रुपैयाँ जरिमाना तिराएकोे हो ।

राष्ट्र बैंकका अनुसार प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै कारबाही गरेको छ । यता, गोर्खाज फाइनान्सका सञ्चालक र सीईओलाई सचेत गराइएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण नेपाल राष्ट्र बैंक समक्ष ढिला पेस गरेका र सोका कारण संस्थाको वार्षिक साधारण सभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा बैंकको नियामकीय व्यवस्थाहरू उल्लंघन गरेको देखिएकाले जानकी फाइनान्स सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको बताइएको छ ।

यसैगरी, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरू वित्तीय स्वार्थ रहेका ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनुहुँदैन भन्ने व्यवस्था रहेकामा सो व्यवस्थाविपरीत हुनेगरी संस्थाका कर्मचारी तथा संस्थाका तत्कालीन अध्यक्ष–सञ्चालक संस्थाका क्रणी–ग्राहकसँग संस्थामै खोलिएका खाताहरूमार्फत आर्थिक कारोबारमा पटकपटक संलग्न भएको पाइएको भन्दै गोर्खाज फाइनान्सलाई कारबाही गरिएको छ ।

यसैगरी, प्रोग्रेसिभ फाइनान्सले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण बैंकसमक्ष ढिला पेस गरेको र सोको कारण संस्थाको वार्षिक साधारण सभा समेत ढिलो सम्पन्न हुनेगरी विद्यमान कानुनी तथा राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरू उल्लंघन गरेको भन्दै कारबाही गरिएको छ ।

prabhu mahalaxmi
kumari