नयाँ टीएफटी डिस्प्ले र टाइप सी चार्जिङ पोर्ट सहित केटीएम २५० ड्युक
काठमाडौं । केटीएमले आफ्नो २५० ड्युक नयाँ टीएफटी डिस्प्लेको साथ प्रस्तुत गरेको छ । यसमा एलईडी डीआरएल र ५ इन्च टीएफटी स्क्रिन समावेश छ, जुन यसअघि ३९० ड्युकमा देखिएको थियो । नयाँ टीएफटी डिस्प्लेसँगै केटीएम ड्युक २५० मा नयाँ फिचर पनि थपिएको छ ।
नयाँ टीएफटी डिस्प्ले थपिएपछि ३९० ड्युक को तेस्रो पुस्ताबाट ५ इन्चको टीएफटी स्क्रिन र एलईडी डीआरएल ल्याएको छ।
२५० ड्युकमा इन्स्टल भइसकेपछि यसमा स्वीच गर्न मिल्ने रियर एबीएस, ल्याप टाइमर, नयाँ स्वीच र टाइप–सी चार्जिङ पोर्ट जस्ता फिचर समावेश गरिएको छ ।
नयाँ टीएफटीमा स्क्रिन ब्लुटुथ जडानको साथ उपलब्ध छ । यसमा टर्न–बाई–टर्न नेभिगेसन नेभिगेसन, कल र एसएमएस अलर्ट पनि छ ।
यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यसमा २५० सीसी लिक्विड कूल्ड एसओएचसी इन्जिन छ, जसले ३१ एचपी र २५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा नयाँ जेनरेशन ट्रेलिस फ्रेम र कास्ट एल्युमिनियम सबफ्रेम छ, जुन पछिल्लो ३९० मा देखिएको थियो । बाइकमा १५ लिटरको इन्धन ट्याङ्की छ ।
यसमा नयाँ टीएफटी डिस्प्ले जडान गरेपछि यसको मूल्य केही बढेको छ । अब २५० ड्युकको एक्स शोरुम मूल्य २ लाख ४१ हजार भारु भएको छ ।





























