sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सुनको मूल्य हालसम्मकै उच्चदरमा पुगे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्चदरमा पुगेको छ । दशैँ विदापछिको पहिलो दिन मंगलबार पहेलो धातु सुनको मूल्य उल्लेख्य बढेको हो । तोलामा १ हजार ४०० रुपैयाँले बढेर प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यो दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैआ कायम भएको छ।

अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ४०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २९रुपैयाँ कायम थियो।

gold
kumari bank
nawakantipur long