sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नयाँ सवारी साधन दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रदेशबाट नयाँ सवारी साधन दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । नवीकरण हुने सवारी साधनको हकमा कार्ययोजना बनाई क्रमशः अनिवार्य गर्दै लगिने यातायात व्यवस्था विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ कात्तिक २२ मा राजपत्रमा प्रकाशन गर्दै सोही वर्षको मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सूचना जारी गरेको थियो । तर कुनैपनि प्रदेशमा अहिलेसम्म यो अनिवार्य हुन सकेको छैन ।

इम्बोस्ड नम्बर जडानका लागि बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ०७३ जेठ १९ मा ज्वाइन्ट भेन्चरमा ठेक्का लिएको हो ।सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने हो ।

०७८ असारमा ठेक्का लिने कम्पनीसँगको म्याद सकिएपछि ०८० मंसिर १२ सम्म थपिएको थियो । उक्त अवधिमा पनि काम पूरा नभएपछि फेरि २०८२ मंसिर ११ सम्म म्याद थप गरिएको छ । जसको सुरु ठेक्का रकम ४ अर्ब १६ करोड ७९ लाख ५० हजार ९मूल्य अभिवृद्धि करबाहेक० रुपैयाँ रहेकामा पछि म्याद थपसँगै २२।५० प्रतिशतले रकम बढाइएको छ ।

ठेक्का भएको संख्यालाई टुंग्याउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘यसमा प्रदेशहरुले सहयोग गर्न तयार भएका छन्,’ उनले भने ।

भौतिक मन्त्रालयले आयोजना गरेको यातायात व्यवस्थापन एवं सेवा प्रवाहमा सहजीकरण तथा भावी योजनाबारे संघ, प्रदेश र स्थानीय तहबीच शुक्रबार भएको विषयगत समितिको बैठकमा सातै प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थियो । बैठकमा इम्बोस्ड नम्बर जडानलाई अनिवार्य गर्नेबारे छलफल भएको थियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड बिक्रम न्यौपाने, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा र सुदुरपश्‍चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको बैठकमा उपस्थिति थियो ।

बैठकमा इम्बोस्ड नम्बर जडान गर्ने कुरामा सबै प्रदेशका मन्त्रीहरु सकारात्मक देखिएका हुन् । निर्धारित म्यादभित्र लक्ष्य पुरा हुनेगरी इम्बोस्ड नम्बर प्लेट उत्पादनकालागि माग सिर्जना गर्न प्रदेशमा दर्ता रहेका सवारी साधनहरुको वर्ग अनुसारको एकमुष्ट विवरण विभागलाई उपलब्ध गराउन प्रदेशहरु सहमत भएका छन् ।

इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन विभागबाट प्राप्त जनशक्तिको अतिरिक्त प्रदेशले थप जनशक्ति व्यवस्था गर्ने सहमति भएको विभागले जनायो ।

५ लाख ८५ हजार इम्बोस्ड नम्बर उत्पादन भएकोमा ५७ हजार सवारीमा मात्र जडान गरिएको छ । इम्बोस्ड नम्बर जाँच्ने १० वटा आरएफआइडि गेटमध्ये २ वटा निर्माण गरिएको छ । त्यस्तै, एक सय वटा आरएफआइडि डिभाइस प्राप्त भएको विभागले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long