evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

कोमाकी ब्रान्डका स्कुटर र मोटरसाइकलको मूल्य घट्यो

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालका लागि कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको मूल्य घटाएको छ ।

कम्पनीले बिहीबार नयाँ मूल्यसूची सार्वजनिक गरेर कोमाकी स्कुटर र मोटरसाइकलमा २० हजारदेखि ३५ हजार रुपैयाँसम्म सस्तो बनाइएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य घटेका कारण मूल्य समायोजन गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले एसई स्पोर्टको नयाँ मूल्य ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । यो मोडेलको पुरानो मूल्य ३ लाख ४९ हजार थियो । कम्पनीले यसमा ३० हजार रुपैयाँ घटाएको हो ।

त्यस्तै एसई प्रोको नयाँ मूल्य २ लाख ७९ हजार तोकिएको छ जसको पुरानो मूल्य २ लाख ९९ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम भएको छ ।

यसैगरी कम्पनीले अर्को मोडेलको एसई प्रोको नयाँ मूल्य २ लाख ५९ हजार रुपैया तोकेको छ । यो मोडेलको पुरानो मूल्य २ लाख ७९ हजार थियो । यसमा पनि कम्पनीले २० हजार रुपैयाँ कम गरेको छ ।

एसई प्रो डुअलको पुरानो मूल्य ३ लाख ५९ हजार रुपैयाँ थियो भने अहिले कम्पनीले यसको मूल्यमा २० हजार रुपैयाँ घटाएर नयाँ मूल्य ३ लाख ३९ हजार तोकेको छ ।

त्यसैगरी फ्लोराको नयाँ मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम गरिएको छ । यसको पुरानो मूल्य २ लाख ६९ हजार रुपैयाँ थियो । यसमा पनि कम्पनीले ३० हजार रुपैयाँ घटाएको छ ।

यस्तै कम्पनीले एलवाई प्रिमियमको नयाँ मूल्य ३ लाख २४ हजार तोकेको छ, यसको पुरानो मूल्य ३ लाख ५९ हजार थियो । यो मोडेलमा पनि कम्पनीले ३५ हजार कम गरेको छ ।

डीटी ३००० को पुरानो मूल्य ३ लाख ३० हजार रुपैयाँ भएकोमा अहिले यसको मूल्यमा २१ हजार कम गर्दै कम्पनीले नयाँ मूल्य ३ लाख ९ हजार तोकेको छ ।

यस्तै भेनिसको नयाँ मूल्य ३ लाख २४ हजार तोकिएको छ भने यसको पुरानो मूल्य ३ लाख ४४ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम गरिएको छ ।

रेन्जरको पुरानो मूल्य ४ लाख ४९ हजार रुपैयाँ भएकोमा कम्पनीले यसको मूल्यमा ३० हजार रुपैयाँ घटाएर ४ लाख १९ हजार रुपैयाँ मूल्य तोकेको छ ।

igi long
himalayan life insurance long ad