citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

किङ्गलोङ्गको नयाँ सोरूम पानीपोखरीमा खुल्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्राहकहरूमाझ लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूको सहजताका लागि आज मंगलबार एक कार्यक्रम आयोजना गरी किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनले नयाँ शोरुमको औपचारिक उद्घाटन गरे ।

नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ ।

सबै भेरियन्टहरूमा उत्कृष्ट सीएटीएल ब्याट्री टेक्नोलोजीको प्रयोग भएको कम्पनीले जनाएको छ । यसले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ ।

किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरू मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएम को टर्क जेनेरेट गर्ने बताइएको छ ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा एबीएस, ईबीडी, १८० एमएम, ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०५ बाट ८०५ चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ । यस्तै अरु भेरियन्टमा पनि उत्कृष्ट फिचरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ ।

साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ । नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ ।

himalayan life insurance
igi long