stcnepal long ad
ime life insurance
national life
global ime bank long

होण्डा बिक्री गर्ने स्याकर ट्रेडिङको व्यापार पाँच महिनामै रु. पाँच अर्ब

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा होण्डा ब्राण्डका दुई पाँग्रे सवारी साधन बिक्री गर्ने स्याकर ट्रेडिङ कम्पनीले राम्रो व्यापार गरेको छ । कम्पनीले अंग्रेजी आर्थिक वर्षको पहिलो पाँच महिनामै चार अर्ब ९५ करोडको व्यापार गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालको अनुसार कम्पनीले सन् २०२३ मा नौ अर्ब ७१ करोड ८० लाखको व्यापार गरेको छ । सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाखको व्यापार गर्दा स्याकारले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाखको व्यापार गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाखको व्यापार गरेको थियो । स्याकार ट्रेडिङले चालु वर्ष २०२४ को पहिलो पाँच महिनामै चार अर्ब ९५ करोड ८० लाखको व्यापार गरेको इक्राले जनाएको छ ।

स्याकर ट्रेडिङ नेपालमा मोटरसाइकल तथा स्कुटर बिक्रेताहरुमा तेस्रो नम्बरमा रहेको छ । यसअघि यो कम्पनी नम्बर वान थियो ।

पहिलो नम्बरमा मोटरसाइकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. र दोस्रो नम्बरमा एमएडब्लु इन्टरप्राइजेज रहेको छ । स्याकार ट्रेडिङको देशभर १६ वटा डिलर कम्पनीकै मातहतमा रहेको छ भने ८० वटा डिलरसिप दिएको छ ।

कम्पनीमा ज्योति परिवारको लगानी रहेको छ । सौरभ ज्योति अध्यक्ष रहेका छन् । कम्पनीको स्कुटर सेगमेन्टमा डियो र मोटरसाइलक सेगमेन्टमा साइन लोकप्रिय रहेको छ ।

IME Lifesidebar
kumari