विशेष प्याकेजको सुरुवात गर्दे लक्ष्मी हुण्डाई

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले हाल कोरोना भाइरससो बदलिदो परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि विशेष प्याकेज ल्याएको छ ।
उक्त विशेष प्याकेज अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सक्ने जानकारी गराइएको छ ।
हाल कोविड–१९ ले ल्याएको चुनौतीसँग सामना गरी अगाडि बढ्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको हो ।
ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडी खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ ।
यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शूल्क बीमा, निस्शूल्क सडक कर ९आ.व. ७७/७८० का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन सक्ने जानकारी गराइएको छ ।
योसँगै गाडी खरिद गर्दा चार वर्ष को निस्शूल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको जानकारी गराइएको छ । लक्ष्मी हुण्डाईले कोरोना महामारीको समयमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञा तर्फ दृढ प्रतिबद्धता देखाएको जनाएको छ ।