macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

टिभिएस आईक्युबको ग्रीनरेभोलुसनराइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । नेपालको लागि टिभिएस मोटरको एक मात्रआधिकारिक वितरक जगदम्बामोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ ।

टिभिएस आईक्युबकम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटरहो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गलचार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस,आकर्षक मुल्य जस्ता विशेषताहरुले गर्दा लन्चभएको ४ महिना भन्दाकम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

यस ग्रिन रिभोलुसन राइडमा अन्यपेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कमकार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो ।साथै अन्यपेट्रोल स्कुटरराइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ ।

सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भारपनि घटाउन यसले मद्दत पु¥याएको छ ।

विश्वव्यापी रूपमा टिभिएस आईक्युब २२५,००० घरहरुमापुग्न सफलभएको छ । १.२५ बिलियन किलो मिटरभन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटरइन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपालपनि पर्दछ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पु¥याउँदै छ ।
१००,००० कि.मीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिनरेभो लुसनराइड सञ्चालन गर्दै मनाएको छ ।

नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युबग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।

यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो । यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनका ेमेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।

टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ ।

पावर ईको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । ७इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिमपसन लाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदानगर्दछ ।

टिभिएस आईक्युबकामुख्यविशेषताहरूः
पीकपावर ४.६ किलोवाट, टर्क १४० एनएम
रेटेड पावर ३.३४ किलोवाट
 टप स्पिड –७ किमी÷घण्टा
एक्सेलेरेशन – ४.२ सेकेन्डमा ०–४० किमी÷घण्टा
सिंगल चार्जमादिने रेन्ज– १०० किलोमिटर
पार्किङ असिस्ट
७” टिएफटी क्लस्टर, सहज ५–वे जोइस्टिक
म्युजिकप्लेयर नियन्त्रण
 नाइट मोड
स्मार्ट हेलमेट जडान
आगमनकल÷एसएमएस अलर्ट
 क्लस्टरमा डकुमेन्ट स्टारेज
३२ लिटको अन्डर सिट स्टोरेज

 

 

himalayan life insurance
igi long
NTA long ad