macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ ।

गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज ¥यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो ।

उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र उपहारहरु पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागि भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

३० असोज २०८०, मंगलवार १८:०९ बजे प्रकाशित

NTA long ad