citizens life insurance long ad
stcnepal long ad

सिआइबीले बुझायो ललिता निवास सम्बन्धी अनुसन्धान प्रतिवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझायो र मिसिल अध्ययनपछि अभियोजन कार्य अघि बढ्ने जिल्ला न्यायाधिवक्ता महेश खत्रीको भनाई ।।

काठमाडौं( नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिनुभयो । उहाँले मिसिल अध्ययन भएपछि अभियोजन कार्य अघि बढ्ने समेत जानकारी दिनुभयो ।

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको थियो । जसमा सिआइबीले २ सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको जानकारी दिएको छ ।

IME Life
kumari