citizens life insurance long ad
stcnepal long ad

बीरगञ्जबाट पनि पेट्रोलको बिलिङ सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन ।

मन्त्री रिजालले नेपाल आयल निगम वीरगञ्ज शाखाले भदौदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गरेका छन।

मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरि बिक्री वितरणलाई पनि सहज बनाउने बताएका हुन ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने भएको छ।

उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंक(ट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भैसकेको छ ।

पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउनका लागि आयल निगमको शाखाबाटै बिलिङ दिन सुरूवात गरिएको छ। अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने पनि मन्त्री रिजालले दाबी गरेका छन ।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै रौतहट,बारा र पर्सा लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुनेछ।

यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने छ । सो अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट  काटिएको पहिलो बिलिङ  ढुवानीकर्तालाई  प्रदान गरी उक्त कार्यको उद्घाटन गरेका थिए ।

निगमको वीरगञ्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो । अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेलको बिलिङ गरिने भएको छ।

पेट्रोल तथा मट्टीतेलको भने प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगञ्ज शाखाका प्रमुख मनोज कुमारले बताएका छन ।

वीरगञ्जबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्दा केही मूल्य पनि घट्ने छ।

त्यही भएर वीरगन्जबाट पनि पुनः बिलिङ सुरु गरिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराका प्रमुख विनितमणि उपाध्यायले बताएका छन ।

यसअघि भदौ १ गते निगमको मधेस प्रादेशिक कार्यालयले दोस्रो चरणको टैंक(ट्रक लकिङ सुरु गरेको थियो ।

IME Life
kumari