stcnepal long ad
ime life insurance
global ime bank long

यस्तो छ योजना कतारमा अलपत्रलाई नेपाल फर्काउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौँ । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी थालिएको छ । सरकारले नेपाली ल्याउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल फर्किने नागरिकलाई ७ प्रकारमा वर्गीकरण गरेको छ ।

जसमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई वर्गीकरणको पहिलो प्राथमिकतामा राखिएको छ ।

त्यस्तै क्रमशः कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने छ ।

यसैगरी, भिजिट अथवा बिजनेस भिसामा रहेका व्यक्ति‚ श्रम अवधि सकिएका वा रोजगारी गुमाएका श्रमिक, कतारको आइडी समाप्त भएका वा आइडी नै नलागेका तथा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले क्रमशः नेपाल ल्याउने जानकारी दिएको छ ।

Post Your Comment

prabhu mahalaxmi
kumari