citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

नाफा २९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा उत्साहजनक प्रगति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ ।

अघिललो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ संचिती थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बृद्धि भई १ अर्ब ३ करोड ६१ लाख ४० हजार पुगेको छ भने अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ९१ करोड ५३ लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ९ करोड २० लाख संचिती छ ।

यस अवधिमा कम्पनीले कर्मचारी बोनश व्यवस्था वापत ३ करोड ४५ लाख रुपैयाँ छुटाइएको छ । यस अवधिमा कम्पनीले २४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ६३ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४७ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २० करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २१ करोड २५ लाख दाबी तिरेको थियो । भुक्तानी हुन बाँकी दाबी ६९ करोड १० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ । कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बीमा प्राधिकरणमा निवेदन दिएको छ ।

IME Life
kumari