citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकका ग्राहकले इन्टरनेट नहुँदा पनि भुक्तानी गर्न सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट इन्टरनेट वा डेटा कनेक्सन नहुँदा पनि भुक्तानी सुविधा पाउने भएका छन् ।

यस सेवालाई ग्राहकहरूले सर्वप्रथम आफ्नो मोबाइल बैंकिङ एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई मर्चेन्ट ९व्यापारी०को स्मार्टफोनमा टयाप गरी भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् भने व्यापारी तथा व्यवसायीहरूले आफूसँग भएको ‘फोन पे बिजनेस एप’ बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

फोनपेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्ने बताइएको छ । यसका लागि फोनपेले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ ।

ुफोनपे ट्यागु (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी डिभाइस प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले ुकस्टमर प्रेजेन्टेड क्यूआरु सेवा ल्याएको छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही (एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ता)को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् ।

पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने बताइएको छ । अफलाइन कारोबारको सीमा एक पटकमा पाँच हजार रुपैयाँ तोकिएको छ ।

IME Life
kumari