stcnepal long ad
ime life insurance
global ime bank long

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

यसै साता सबै भन्सार क्लियर
मन्त्री भट्टले केही अघिसम्म भारतसँगको विराटनगर र चीनसँगको तातोपानी भन्सारमा खाद्यान्नबाहेक अन्य सामान आपूर्तिमा समस्या भए पनि अहिले त्यो अवस्था नभएको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार अहिले आपूर्ति भएका सामान व्यवस्थापनमा समस्या भएको छैन । नेपालको भन्सारमा आएका सबै सामान सम्बन्धित ठाउँमा पु¥याउने काम निर्वाध रूपमा भइरहेको छ ।

अबको दुई÷तीन दिनमा सबै भन्सारको स्टक क्लियर हुन्छ । मन्त्री भट्टले अहिले बजारमा निर्माण सामग्रीको पनि मूल्य बढ्यो भनेर धेरैतिरबाट उजुरी र गुनासो आइरहेको बताउनुभयो । उहाँले यसको वास्तविकता छिट्टै खोजिने र बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याइने विश्वास दिलाउनुभयोे ।

स्वास्थ्य किटको अभाव हुँदैन
मन्त्री भट्टले औषधिको कच्चा पदार्थ र तयारी औषधि आवश्यकताका आधारमा आइरहेको र यसको आपूर्तिमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले तत्काल औषधि अभावको अवस्था हुँदैन भन्दै त्यो अवस्था आउन नदिनेमा सरकार प्रतिबद्ध भएको पनि बताउनुभयो ।

उहाँले कोभिड परीक्षण किटको पनि अहिले अभाव नभएको भन्दै पछिल्लोपटक भारतबाट एकैपटक धेरै व्यक्ति आउँदा केही ठाउँमा अभाव हुनसक्ने जनाउनुभयो । ती ठाउँमा पनि अभाव हुन नदिने गरी सरकारले तयारी गरिसकेको जानकारी दिनुभयो ।

खाद्यान्न आपूर्तिको अवस्था
आपूर्ति मन्त्रालयका अनुसार बन्दाबन्दीको ७१औँ दिनसम्म दुई लाख ३६ हजार मेट्रिक टन खाद्यान्न, ६७ हजार ४७२ मेट्रिक टन दलहन, ८५ हजार २५३ मेट्रिक टन तरकारी, ३४ हजार २४३ मेट्रिक टन फलफूल, १२ हजार २४३ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
यस्तै यस अवधिमा ९९ करोड ८७ लाख ९१ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तीन अर्ब ८५ करोड ९१ लाख ८० हजार रुपियाँ बराबरको तयारी औषधि आयात भएको छ ।

यो तथ्याङ्कका आधारमा बन्दाबन्दी सुरु भएपछि आयात क्रमशः बढेको देखिएको छ । पहिलो सातादेखि दसौँ सातासम्मको औसत आयात खाद्यान्न ६.९ प्रतिशत, दलहन तथा गेडागुडी १४.७ प्रतिशत, तरकारी ४ प्रतिशत, फलफूल ३८.१ प्रतिशत, दुग्धजन्य पदार्थमा २६५८.४ प्रतिशतले बढेको छ ।

खाद्यान्न मौज्दातको अवस्था
खाद्यान्न मौज्दात पनि पर्याप्त रहेको मन्त्रालयले जनाएको छ । बन्दाबन्दीको ७३औँ दिनसम्म निर्वाध रूपमा खाद्यान्न आइरहेको छ ।

अहिले पनि नेपाल खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र निजी क्षेत्रमा समेत गरेर एक लाख ३८ हजार ८१७ मेट्रिक टन खाद्यान्न मौज्दात छ ।
यस्तै एक लाख २७ हजार ९६९ मेट्रिक टन नुन, ६४ हजार ९४० मेट्रिक टन चिनी रहेको मौज्दात छ । यसैगरी खाने तेल ८३ हजार ९६७ मेट्रिक टन, दलहन र गेडागुडी १६ हजार १४६ मेट्रिक टन, गहुँ ५५९ मेट्रिक टन, फापर ६६ मेट्रिक टन र राहतको खाद्यान्न छ हजार ७३१ मेट्रिक टन मौज्दात छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari