stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घर बहाल निर्देशिका जारी भएसँगै बढ्यो करदाता सङ्ख्या

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ ।

कामपाको पटकपटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियम अनुसार नै बहाल कर बुझाउन थालेका छन् ।

सबै घरधनीलाई करको दायरामा ल्याउनका लागि कामपाले गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।

कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार निर्देशिका जारी भएसँगै बहाल कर तिर्ने करिब साढे ५१ हजार करदाता बढेका छन् ।

उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । प्रमुख काफ्लेका अनुसार हाल कामपाभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने महानगरको योजना छ ।

बहाल कर तिर्ने करदाताको सङ्ख्या बढेकै कारण गत आवमा कामपाले रु दुई अर्ब राजस्व सङ्कलन हुने लक्ष्य लिँदा लक्ष्यभन्दा बढी रु दुई अर्ब ५६ करोड असुल भएको छ । व्यवसाय करदाताको सङ्ख्या पनि बढेको छ ।

अघिल्लो आव ४४ हजार सात सय ८३ व्यवसाय करदाता थिए । गत आवमा उक्त सङ्ख्या बढेर ४७ हजार ९८ पुगेको छ ।

यस्तै गत वर्ष सम्पत्ति कर तिर्नेको सङ्ख्या भने घटेको काफ्लेले बताउनुभयो । गत वर्ष सम्पत्ति कर तिर्ने ७४ हजार छ जना थिए भने यसपालि घटेर ७२ हजार सात सय १७ जना पुगेका छन् ।

घर बहाल व्यवस्था निर्देशिकाका अनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा लिखित सम्झौता गर्नुपर्छ ।

निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।

निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ । निर्देशिका अनुसार बहालमा बस्नेले प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था छ ।

prabhu mahalaxmi
kumari