citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड सरस्वती नेपालीलाई

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनु भएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गर्नुभएको छ ।

बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आउनु भएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उहाँले सो अवार्ड प्राप्त गर्नुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उहाँको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् ।

अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जित्नुभएको थियो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो ।

himalayan life insurance
igi long