citizens life insurance long ad
stcnepal long ad

आज एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा

कप्रद सेयर जारी गर्ने एजेन्डा पारित गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज साउन १५ गते एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । बस्दैछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने प्रस्ताव साधारण सभामा पेश हुनेछ।

हकप्रद सेयर जारी पश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज गरिसकिएको छ । साउन ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

एनएलजीलाई हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बिमा प्राधिकरणले पनि अनुमति दिइसकेको छ । अब सभा मार्फत प्रस्ताव परित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।

IME Life
kumari