citizens life insurance long ad
stcnepal long ad

गुडविल फाइनान्सद्धारा वार्षिक साधारणसभा असार २१ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गुडविल फाइनान्सले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभा काठमाडौँको हात्तीसारस्थित फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

यसअघि गत जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। सोही कारण उक्त वर्षका लागि सेयरधनीहरुले लाभांश पाउने छैनन्।

वार्षिक साधारणसभा प्रयोजनार्थ गुडविल फाइनान्सले आउँदो असार १२ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ असार ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउँछन्।

 

IME Life
kumari