stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वाग्मती प्रदेश सरकारले आफ्नै अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालन सञ्चालन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । बाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चार माध्यम सञ्चालन गर्ने भएको छ। प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चार गृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजातसमेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर्न लागिएको बताए।

सूचना तथा जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

सरकारले गरेका गतिविधिको आम नागरिकमाझ प्रचारप्रसार गर्न पनि सरकार मातहतको सञ्चार संस्था आवश्यक रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ।

‘हामी वर्षमा करोडौँका कागज छपाइ गर्छौँ, त्यो सबै आफ्नै छापाखानाबाट छाप्न मिल्छ, पत्रपत्रिका पनि त्यहीँ छापिन्छ’, मुख्यमन्त्री पौडेलले भने।

प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सरकारले ‘गाउँका सूचना शहरमा’ भन्ने नारालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने खालको संयन्त्रको विकास गर्ने, ज्ञानवर्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न आवश्यक प्रबन्ध मिलाउने, प्रदेशभित्र सार्वजनिक सूचना केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न निकायसँग साझेदारी गर्ने, स्थानीय तहका सूचना प्रदेश सूचना बैङ्कबाट एकद्वार प्रणालीमार्फत सम्प्रेषण गर्न संयन्त्र बनाउने, प्रदेश सूचना प्रविधिपार्क तथा आमसञ्चार केन्द्र स्थापना र सञ्चालनको खाका तयार गरी कार्यान्वयनमा ल्याइनेलगायतका कार्यक्रम समावेश छ।

प्रदेशभित्र स्थापना हुने ई–पुस्तकालय, फ्री वाइफाइ जोन सञ्चालनका लागि सहजीकरण गर्ने, डिजिटल साक्षरता तथा पत्रकार सीप विकास कार्यक्रम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन र अनुगमनलाई प्रभावकारी बनाइनुका साथै सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले पत्रकार कल्याण कोषको दायरालाई फराकिलो बनाउँदै लैजाने, प्रदेशमा प्रचलनमा रहेका सबै भाषाभाषीको प्रवर्द्धन गर्दै पहिलो चरणमा तामाङ र नेपाल भाषाको पत्रकारिता प्रवर्द्धन गर्न चाहने सञ्चारमाध्यमलाई प्रोत्साहित गर्ने, महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, एकापसमा समाहित भएर(मर्जर गरेर) जान चाहने सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति लिएको जनाइएको छ।

prabhu mahalaxmi
kumari