citizens life insurance long ad
stcnepal long ad

नेपाल वायुसेवा निगमले आन्तरिक उडान व्यवस्थापनका लागि थप दुई विमान खरिद गर्ने

नेपाल वायुसेवा निगमले आन्तरिक उडान व्यवस्थापनका लागि थप दुई विमान खरिद गर्ने भएको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान व्यवस्थापनका लागि थप दुई विमान खरिद गर्ने भएको छ। बोर्ड सञ्चालक समितिको बैठकले सुगम क्षेत्रमा पनि विमान थप्ने निर्णय गरेपछि निगमले पाँच नयाँ विमान खरिद गर्ने भएको हो।

पहाडी भेग (स्टल रुट) मा ३ जहाज थपका लागि गत चैत्र २९ गते बनेको समितिले बोर्डलाई बुधबार नै रिपोर्ट बुझाएको छ। उक्त रिपोर्टलाई बोर्डबाट पास भएपछि मन्त्रालय पठाइने प्रवक्ता रमेश पौडेलले बताए।

यता, सहरी क्षेत्रमा उडान भर्नका लागि दुई जहाज खरिद गर्ने कार्ययोजना बनाएको छ। नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एयरपोर्ट (ट्रंक रुट) का लागि दुई जहाज खरिद गर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेस गरिसकेको छ। यस कार्यमा विशेष पहल गरी यथाशक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्न उपसमिति गठन गरेको छ।

निगम सञ्चालक समितिको बैठकले समिति सदस्य एवं वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन भइसकेको छ। उक्त उपसमितिले २१ कार्य दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिइएको छ।

ट्रंक रुटमा चल्ने जहाज नभएका कारण निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन। निगम काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायत बाट उडान भर्ने योजनामा छ ।

यी जहाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रूपले खरिद गरिने बताइएको छ।

IME Life
kumari