stcnepal long ad
global ime bank long

प्राधिकरणले निकाल्यो स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको सूचना, सम्पत्ति बुझाउन निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको सूचना निकालेको छ।

बुधबार एक राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना निकालेर प्राधिकरणले ललितपुरको कुमारीपाटीमा रहेको स्मार्ट टेलिकमले नविकरणका लागि नियमानुसार दस्तु दाखिला गरी निवेदन पेश नगरेकाले अनुमतिपत्र (लाइसेन्स) खारेज गएिएको जानकारी गराएको हो।

यस्तै, प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत सूचित गरेको छ।

IME Lifesidebar
kumari