‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ मा आवेदन दिने समय लम्बियो
काठमाडौं ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ मा आवेदन दिने समय लम्बिएको छ । अब यसमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसअघि यो फन्डमा पहिलो चरणमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो ।
यता, सिटिजन्स क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।
सिटिजन्स क्यापिटलले वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजनाको बिक्री खुला गरेको हो ।क्यापिटलले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गरेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजी वापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गरेको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।























