stcnepal long ad
global ime bank long

नबिल बैंकको नाफा ५ अर्बभन्दा बढी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५२.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

खुद  ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयान् पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा सञ्चालन नाफा ५६.५४ प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ ।

तथापि, एक वर्षको अवधिमा खराब कर्जा १.१४प्रतिशतल बाट ३.८७ प्रतिशत पुगेको छ । जसको कारण बैंकले इम्पेयरमेन्ट चार्चमा ठूलो रकम छुट्याएको छ ।

गत वर्ष ६१ करोड ५ लाख १२ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३ अर्ब ३३ करोड १७ लाख १२ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ०७ पैसा छ ।

IME Lifesidebar
kumari