stcnepal long ad
global ime bank long

खराब कर्जा बढेपछि प्राइम बैंकको खुद नाफा प्रभावित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.३५ प्रतिशत थोरै हो । बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशतले बढेको छ । यद्दपि, खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चर्चा वापत करिब १ अर्ब रुपैयाँ छुट्याउनु परेपछि सञ्चालन नाफा ९.६४ प्रतिशतले घटेको छ ।

खराब कर्जा गत आर्थिक वर्षको यसै अवधिमा ०.९४ प्रतिशत मात्र रहेकामा अहिले बढेर ३.०६ प्रतिशत पुगेको छ

। जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ । प्राइम बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा केही सुधार भएको छ । रिजर्भ कोष पनि ३४.५८ प्रतिशतले बढेर करिब ९ अर्ब रुपैयाँ पुगेको छ ।

यता, खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि केही संकुचित भएको छ । प्रतिसेयर आम्दानी २.४९ रुपैयाँले घटेर १६.९६ रुपैयाँमा आएको छ । यसको इक्विटीमा प्रतिफल पनि १३.६४ प्रतिशतबाट घटेर चैत मसान्तसम्ममा ११.५० प्रतिशत मा आएको छ ।

IME Lifesidebar
kumari