citizens life insurance long ad
stcnepal long ad

राजश्व अनुसन्धान विभागका नक्कली अधिकृत पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नक्कली परिचय पत्र बनाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको परिचय पत्र बनाई ठगी गर्दै आएका प्रमेश महतो तत्मा पक्राउ परेका हुन् ।

राजश्व अनुसन्धान अधिकृतको कार्ड बनाई व्यवसायीहरूलाई धाक धम्की दिई ठग्दै आएका तत्मालाई विभाग र जिल्ला प्रहरी कार्यालय भक्तपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

विभागको नक्कली परिचय पत्र बनाई विभिन्न व्यवसायीहरूको कारोबार स्थलमा गई धाक धम्की दिँदै ठगी गर्ने गरेको सूचनाका आधारमा उनी संलग्न भई सञ्चालित तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मङ्गलवार दिउँसो तत्मालाई पक्राउ गरिएको स्रोतले बताएको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बुझाएको छ ।

IME Life
kumari