वैशाख २९ गते बेस्ट फाइनान्सको साधारण सभा
काठमाडौं । बेस्ट फाइनान्सको वार्षिक साधारण सभा वैशाख २९ गते बस्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । यसबाहेक आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि बेस्टले वैशाख १२ गते बुक क्लोज गर्दैछ । तसर्थ, वैशाख ११ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।





















