citizens life insurance long ad
stcnepal long ad

खरिद गरियो तर बाँडिएन झुल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।

सरकारले हरेक स्थानीय तहमा पाँचदेखि १५ शøयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुसार आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्न चालु आर्थिक वर्ष २०७९÷८० मा छ अर्ब ९६ करोड ६२ लाख ३५ हजार रुपियाँ खर्च भएको छ ।

यसैबीच महालेखाको प्रतिवेदन अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औलो तथा कालाजार रोग नियन्त्रणका लागि खरिद गरेको विषादीयुक्त झुल वितरण नगरेको पाइएको छ । मन्त्रालयले एक करोड ४१ लाख १३ हजार रुपियाँमा खरिद गरेको ४० हजार विषादीयुक्त झुल खरिद गरेर पनि वितरण नगरेको पाइएको हो ।

प्रतिवेदनअनुसार मन्त्रालयले अघिल्लो मङ्सिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फागुन २८ गतेसम्म पनि वितरण नगरेको पाइएको छ ।

यस्तै महालेखाको प्रतिवेदनअनुसार ७९ प्रतिशतसम्म बीसीजी खोप खेर गएको पाइएको छ । त्यस्तै रोटातर्फ न्यूनतम ७।६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खोप कार्यक्रम मितव्ययी र कुशल रूपमा सञ्चालन नभएकाले प्राप्त भएको खोपमध्ये रोटातर्फ न्यूनतम ७।६ प्रतिशत र बीसीजी ७९.३ प्रतिशतसम्म खेर गएको पाइएको हो ।

प्रतिवेदनअनुसार खोप लिने तालिका बनाई व्यवस्थापन गर्नुपर्नेमा उक्त तालिका कार्यान्वयन नहुँदा खोप खेर गएको उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Life
kumari